प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठन ललितपुर अध्यक्षमा गोबिन्द सिचुवाल

ललितपुर, ९ पौष । नेकपा एकीकृत समाजवादी पार्टी सम्बन्ध शिक्षक संगठन प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठन ललितपुर अध्यक्षमा गोबिन्द सिचुवाल चयन भएका छन् ।

शुक्रबार चिलुवालको अध्यक्षतामा शंगठनको २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । उपाध्यक्षमा, राजकुमार घिमिरे महिला उपाध्यक्षमा ईन्दु शर्मा, सचिव मनोज शाह, सहसचिवमा मन्दिप दहाल, कोसाध्यक्षमा बिजया थापा चयन भएका छन् ।

त्यस्तैगरी सहकोषाध्यक्षमा गिता खनाल, सदस्यहरूमा शोभा श्रेष्ठ, तुल बहादुर लामा, प्रतिमा सापकोटा चयन भएका छन् । त्यस्तैगरी अन्य सदस्यहरुमा नानुमया लो, प्रविना भट्ट र अनन्त घिमिरे लगायत सर्वसहमत चयनहुनु भएको छ।

ललितपुर जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीका अनुशासन बिभाग सदस्य रामकुमार बान्तवा,पेसागत महासंघ बागमती प्रदेश संयोजक कृष्णप्रसाद घिमिरे, नेकपा एकीकृत समाजवादी वागमती प्रदेश सदस्य शालिकराम मिश्र नेकपा एकीकृत समाजवादी पार्टीका ललितपुर अध्यक्ष हरीकृष्ण महर्जन ,प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे महासचिव हरिदेव यादव,सचिव पुरूषोतम आचार्य, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना सचिव गोबिन्द आचार्य लगायतको उपस्थित रहेको थियो ।