कास्की, ९ पुष । नेकपा (एकीकृत समजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले पोखरा विश्वविद्यालयमा केन्द्रीय क्याम्पस कमिटी घोषणा गरेको छ ।
केन्द्रीय स्तरका नेताहरुको उपस्थितीमा बिहीबार केन्द्रीय क्याम्पस कमिटी घोषणा गरिएको हो । मनोज बानियको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा २१ सदस्य रहेका छन् ।
अध्यक्षमा मनोज बानियाँ चयन भएका छन् भने उपाध्यक्षमा बिनय सुवेदी चयन भएका छन् । त्यस्तैगरी सचिव समाज श्रेष्ठ, सह सचिवमा विवेक तिवारी चयन भएका छन् ।