बैठकपछि गगन थापाले भने- ‘उत्साहित छु, तर गह्रुँगो जिम्मेवारी भएकोले मनमा डर छ’

काठमाडौं, १० पुस । नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आफूमा उत्साह भएको भएपनि गह्रुँगो जिम्मेवारीले मनभित्र भने डर छाएको बताएका छन् । । काँग्रेसको १४औँ महाधिवेशनपछि पहिलो पटक बसेको पदाधिकारी बैठकमा सहभागी भएपछि संचारकर्मीहरुसँग बोल्दै आफूमा उत्साह भएको बताए ।

यसअघि पनि केन्द्रीय कार्यसमितिमा २ पटक बसेको भन्दै तर यो तेस्रो पटक आफूमा फरक उत्साह छाएको महामन्त्री थापाले बताए ।

‘मैले यसअघि केन्द्रीय समितिमा २ पटक भाग लिएको थिएँ। यो सँग तेस्रो पटक हो । तर यो पटक जिम्मेवारी फेरिएर पदाधिकारी बैठकमा सहभागी भएको थिएँ,’ उनले भने, ‘म उत्साति छु। मेरो मनमा डर पनि भइरहेको छ । मलाई गह्रुगो जिम्मेवारी प्राप्त भएको छ।’

पार्टीको कार्यलयसँग जोडिएको जिम्मेवारी भएकाले पनि पूर्वतयारीमा लाग्नुपर्ने अवस्था रहेको केही नौलो लागिरहेको पनि उनले सुनाए । अब पार्टी संचालको बिषयमा घनिभूत छलफल गरेर अघि बढ्ने उनले बताए ।