दाङ, १० पुस । नेपाल कम्युनिस्ट पार्टि (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पाटी प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
शनिबार दाङ राप्ती गाउँपालिका स्थित पाखापानीमा पार्टि अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा प्रशिक्षण भएको हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी उपमहासचिव प्रकाश ज्वाला, सचिव भागवत बिश्वासि, पोलिट्ब्युरो सदस्य निर्मल सुवेदी लगायतका केन्द्रीय कमिटिका सदस्य कमरेडहरू, केन्द्रीय निकाय र बिभागका पदाधिकारीहरुको सहभागी रहेको थियो ।भेलामा १२ जिल्लाबाट हजारौ कार्यकर्ताहरूका सहभागी रहेको छ ।
भेलाको अध्यक्षता मेटमणि चौधरिले गर्नु भएको छ भने सञ्चालन सचिब राजु गुरूङले गरिरहनु भएको छ । उपस्थित सबैलाई दाँङ इन्चार्ज जोगबहादुरलेगर्नु भयो । भेलामा सयौ युवाहरूले पार्टिमा प्रबेश गर्नु भएको छ ।
प्रदेश प्रशिक्षण भेला भोलिसम्म सञ्चालन हुनेछ । सो प्रशिक्षण भेलामा महासचिव बेदुराम भुषाल, उपाध्यक्ष प्रमेश हमालको उपस्थिति रहनेछ ।