काठमाडौं, १० पुष । नेपालमा अहिलो चर्चित र्यालिटी शो भ्वाइस आफ किड्स जारी छ । यो पहिजो सिजनको शोमा देश बिदेशबाट निकै उत्कृष्ट गायन कला भएका ट्यालेन्टहरुले सहभागिता जनाइरहेका छन् । शोको फर्मेट अनुसार यहाँ १३ वर्षसम्मका नानीबाबुहरुले सहभागिता जनाउन सक्नेछन् ।
यो पहिलो सिजनको भ्वइस किड्समा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन आमात्य कोचको भूमिकामा रहेका छन् । सबैजसो कोचहरुसँग एकसे एक उत्कृष्ट ट्यालेन्ट छन् । तर यहाँ हामी कोच प्रमोदको टीममा रहेकी रुक्साना लिम्बूको चर्चा गर्ने छौँ ।
पारीवारिक व्याग्राउण्न भन्दा पनि रुक्सानाको भ्वइस अफ किड्को यात्राको बारेमा कुराकानी गर्नेछौँ । भ्वइसको सुरुवाति ब्लाइन्ड अडिसनमै भाइरल बनेकी रुक्साना ब्याटल पार गर्दै हाल लाइभ राउन्डमा छिन् । उनको ब्लाइन्ड राउडदेदिनै चर्चा बढेको छ । हुन पनि उनले ब्लाइडमा गाएको गीतको टोन र त्यो गीतको जनरनै अर्कै थियो । जो स साना नानीबाबुहरुको चाख भन्दा बाहिराको युवा युवतीको उमेरकालागि उपयुक्त ।
उनको त्यो प्रभावले नै होला । उनका कोच प्रमोदले आँखा चिम्लेरै ब्याटलमा रुक्सानालाई बिश्वास गरे । र, रुक्सानालाई नै रोजेर पीक गरे । उनले निकै राम्रो कला र गला भएकी पेमा शेपालाई पासाङ डिकी शेर्पा जस्ती कोकील स्वरकी धनीलाई छाडे । तर रुक्सानाले लाइभ राउण्मा प्रमोदको त्यो रोजाइलाई फेल हुन दिएनन् ।
रुक्सानाले लाइभमा गाएको गीत किन बढ्दैछ ढुकढुकीको प्रमोदमात्रै होइन । सबै जजहरुले प्रशंसा गरे । यो भन्दै गर्दा अन्य ट्यालेन्टहरुमा नकारात्मक टिप्पणी गरे भनेको होइन । यद्यपि रुक्सानाको प्रस्तुति र गायनका लागि जजहरुले फरक सकारात्मक र उचो प्रशंसा गरिएको थियो ।
लाइभ राउण्डमा रुक्सानाको प्रस्तुतिपछि कोचहरुले के भने ?
मिलन नेवार
‘मेरो मनपर्ने गीत । र, मलाई जसरी मन परेको थियो । त्यसरी नै गाउनुभयो । त्यो पनि पूरै एक्प्रेशनको साथ । वाउ मलाई मार्यो।’
राजु लामा
‘नानुलाई जापानीज डल जस्तै देखिएको छ । हजुरको भ्वइसमा योगीत एकदमै सुहाएको छ । लाग्यो की हामीलाई यो प्रतिस्पर्धा होइन । कन्सर्ट हो जसरी । कसम एकदम फ्लोलेस् । मत फिदा भएँ।’
प्रविशा अधिकारी
‘यो गीत त खासमा सजिलो छैननी गाउनलाई । तर तपाईले एकदमै जली र चामिङ वेमा मिठो हरेक नोट छोएर। इन्जोए गरेर नाच्दै उठ्दै गाउँदै कति राम्रो गरेर पर्फमेन्स गर्नु भएको रुक्साना ? म पहिलादेखि नै तपाईको स्वरको फ्यान नै हो । जहिल्यै हरेप पटक दमदार प्रस्तुति दिनुहुन्छ । यो पटक पनि आनन्द आयो।’
प्रमोद खरेल
‘मलाइ त स्पीचलेस बनाइदियो रुक्सानाले । म स्टेजमै जान्छु । र, पमोद स्टेजमै जान्छन् । अनी उनी भूइँमै बस्छन् । अनि रुक्सानालाई भन्छन्, मलाई पनि यस्तो राम्रो गीत गाउन सिकाइदिनु न । यस्तो लेजेण्ड आर्टिष्टको गीत । यस्तो मज्जाले गाउनुभयो । मलाई त डर लागिरकेको थियो । कतै बिगार्छ की भन्दै कतै छुटाइ पो हाल्छकी भने, तर अँहँ मुभोन्ट पनि उस्तै राम्रो । नोट पनि उस्तै, मलाई त यहाँ कस्तो अडिएर गर्नुपर्छ । यो गर्नु भनेको.. आइलभ्यू । बोक्नु पर्यो रुक्सानालाई’
त्यसपछि रुक्सानालाई प्रमोदले रुक्सानालाई बोक्छन् । प्रमोदले प्रशंसा गरिरहँदा स्टेज तालि र हुटिङले गडगडाहट हुन्छ।
त्यसपछि प्रमोदले रुक्सानाको रुप र ड्रेसको प्रशंसा गर्छन् । रुक्सानाले ढाकाको पोसाक र सिलामसाक्मा पनि भिरेकी हुन्छिन् ।