एमाले सिन्धुपाल्चोकलाई धक्का, पूर्वएमाले सांसद कर्मचर्यद्वारा एमाले परित्याग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका पूर्व एमाले सांसद सुवास कर्माचार्यर्ल पार्टी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एमाले छोडेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’

कर्माचार्य एमाले सिन्धुपाल्चोकका पूराना नेता हुन । उनले एमाले सिन्धुपाल्चोक जिल्ला सचिवको लामो समयसम्म पनि काम गरेका थिए । उनी एमलेमा रहँदा माधव नेपाल पक्षमा रहेका थिए । तर एमाले विभाजन गरी माधव नेपालले नेकपा समाजवादी गठन गर्दा पार्टी एकताको पक्षमा उभिएका थिए ।

त्यस्तपछि उनी एमालेमै रहेका थिए । एमाले सिन्धुपाल्चोकले जिल्ला अधिवेशन पनि गरेको छैन । यसअघि एमालेले गरेको जिल्ला कमिटी बैठकमा पनि उनी उपस्थित भएका थिएनन् ।

एमालेको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने उनको चाहना थियो । तर अध्यक्ष ओलीले उनलाई उनको केन्द्रीय सदस्य बनाएका थिएनन् ।

उनले पार्टी परित्याग गरेसँगै सिन्धुपाल्चोक एमालेमा ठूलो धक्का भएको छ । उनीसँगै सयौँ कार्यकर्ताले एमाले परित्याग गर्ने आंकलन गरिएको छ ।