४० वर्ष एमालेमा रहेर पार्टी छाडेका कर्मचार्यले भने – ‘नेकपा (एस)सँग मेरो पुरानो सम्बन्ध छ’

सिन्धुपाल्चोक, १२ पुस । एमालेका पूर्वसांसद सुवास कर्मचार्यले आइतबार फेसबुकमार्फत स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरे ।

उनले फेशबुकमा एकालेसँगको ४० वर्षदेखिको सम्बन्ध तोडेको जनाएका थिए । उनी एमालेबाट सिन्धुपाल्चोक क्षेत्र २ बाट प्रतिनिधि संसदका उम्मेदवार हुन् । २०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचितसमेत भएका थिए ।

कर्माचार्य एमाले सिन्धुपाल्चो पूर्वजिल्ला सचिवसमेत हुन । उनले लामो समयसम्म एमालेमा काम गरेका छन् । तर उनी अन्त्यमा पार्टी छाड्न बाध्य हुनुपर्यो । एमालेको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षा राखेका उनलाई नेतृत्वले अटाएन ।

उनले पार्टी छोडेपनि कुन पार्टीमा जाने भन्ने बारे खुलाएका छैनन् । यद्यपि उनले आफू वाम राजनीतिमै रहने बताएका छन् । उनले नेकपा एकीकृत समाजवादीतर्फ मेरो पुरानै सम्बन्ध रहेको भने बताएका छन् ।