ओलीको गृहजिल्ला झापामा नेकपा (एस) निकट अखिल नेपाल किसान महासंघ गठन

झापा, १२ पुस । झापाका किसानहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन् ।

विर्तामोडस्थित पार्टी कार्यालयमा किसानहरु भेला भइ नेकपा (एस)मा संगठित भएका हुन् । टंक पराजुलीको अध्यक्षतामा बसेको भेलाले अखिल नेपाल किसान महासंघ गठनसमेत गरेको छ । उक्त भेला महासंघका केन्द्रीय सदस्य प्रेमसागर सापकोटाको अध्यक्षतामा सम्पन्न भएाको बताइएको छ ।

नवगठित महासंघका उपाध्यक्ष देवी बराल, महासचिवमा प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य पुस्प पोखरेल चयन भएका छन् । नवगठित महासंघलाई जिल्ला अध्यक्ष बेदराज रेग्मीले शुभकामना दिएका थिए ।

पराजुलीको अध्यक्षतामा गठन गरिएको भेलाले चेदानन्द निरौला, महेन्द्र पौडेललाई उपाध्यक्षमा, ताला मुर्मुलाई  सचिवमा,  देवीप्रसाद दङ्गाल, राधाकृष्ण अधिकारी, भवानी गुरागाई लगायत ५१ सदस्यीय कमिटी गठन भएको छ ।

झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।