महासचिव पोखरेलको भाषणले मन धेरैको मन जित्यो, आखिर के भनेका थिए ?

काठमाडौं, १२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलको सर्वत्र प्रशंसा भइरहेको छ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा एमालेको प्रतिनिधित्व गर्दै भाषण गरेको भाषणप्रति उनको प्रशंसा भइरहेको हो।

सामाजिक संजालमा उनको भाषण कला र बौद्धिकताको सर्वत्र प्रशंसा भइरहेको हो ।

उनका प्रशंसकहरुले भनेका छन्, ‘अत्यन्तै मिठो, दमदार, दार्शनिक, बैचारिक दृस्ठिकोणले परिपक्व भासण सुन्न पाउँदा हामी कार्यकर्ता खुसीले गदगद भएका छौं। केपी ओलिको उत्तराधिकारी को होला रु नेकपा एमालेलाई काधमा बोकेर लामो यात्रामा निस्कने हिम्मतिलो भावी नेता को होला रु भन्ने चिन्ता हामी कार्यकर्तामा पक्कै पनि छ। हिजो क।शंकर पोख्रेलको दमदार भासणले केहि आशा जगाएको छ। अधिबेशन माओवादीको थियो तर शंकर कमरेडको बोलाइ र त्यहाँ उपस्थित कार्यकर्ताको सुनाइको तालमेल गज्जबकै थियो। शंकर कमरेड समिक्षाको कुरा उठाउनु भो ठिक छ । समिक्षा गर्नुहोस । तर उनिहरुसङ्ग एकताको कुरा यो समयमा नउठाउनु होला किनकी तिनीहरुले दिएको धोका र घातको घाउ ताजै छ। सबै बाम एकै ठाउँको धेरै ठूलो सपना देखेका थियौं । हामीले त्यो सपनालाई सीसा फुटेसरि फुटाउने घृणित पात्रहरु त्यही छन। एमालेमा कार्यकर्ताको उत्साह बढेको छ। बहुमतले पार्टीलाई जिताउने लक्ष्य लिएर अगाडि बढेका छन, कार्यकर्ताको आशालाई निराशामा पक्कै पनि बदल्नु हुने छैन भन्ने दृढ़ बिश्वास गर्दछु।’

त्यसतै अर्का प्रशंकले पनि भनेका छन्, ‘मैले यो भाषण ४ पटक सुने झन सुनौँ सुनौँ लाग्यो । कमरेड शंकर पोखरेले माओवादी केन्द्रको महाधिवेशनमा एमालेको प्रतिनिधित्व गर्दै जानुभएका महासचिव ज्यूले । सल्युट।’

एमालेको १०औँ महाधिवेशनबाट महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखरेल अन्य नेताको तुलनामा बैद्धिक र प्रखर नेतका रुपमा मानिन्छन् । उनलाई ओलीले आफ्नो उत्तराधिकारीका रुपमा समेत लिएको चर्चा हुँदै आएको छ ।

उनले महाधिवेशनमा बोल्दै अध्यक्ष ओलीले चाहेर पनि आउन नसकेको बताएका थिए । मओवादीले यसअघि राष्ट्रिय सम्मेलनको रुपमा मनाउने भनेको सुनेर कुनै दललाई नबोलाउने भनेको सुनेर ओली उपत्यका बाहिर गएको सुनाएका थिए । उनले काँग्रेस सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई पनि बधाइ दिएका थिए त्यसस्तै माओवादी अध्यक्ष प्रचण्ड पुन अध्यक्ष बन्दै गरेको सुनेको भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले तत्कालीन काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले भनेका केही भनाइको समेत चर्चा गर्दै नेपालका कम्युनिष्ट नेताहरुसँग जोडेका थिए । उनले कोइरालाको भनाइ उदृत गर्दै विश्वमा एकै आन्दोलनले व्यवस्था परीवर्तन हुने नयाँ क्रान्तिको सृजना हुने गरेको तर नेपालमा ३्३ क्रान्ति गर्दा पनि आन्दोलनको उदेश्य प्राप्ति नभएको बताएको कुरालाई स्वीकार गरेका थिए । उनले यस विषयप्रति गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका थिए ।

समग्रमा उनले कम्युनिष्ट पार्टीहरुप्रति मुक्त कण्ठले कुनै विरोध र आलोचन नगरी सन्तुलित अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलन यतिबेला लक्ष्यभन्दा बाहिर रहेको बताएका थिए । यसप्रति सबै कम्युनिष्टहरुले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको बताएाक थिए ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!