नेकपा (एस) र नेकपा (जनवादी) बिच भोलि नै पार्टी एकता, यस्तो छ कार्यक्रम (बिज्ञप्ति)

काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा जनवादीबीच भोलि मंगलबार पार्टी एकता हुने भएको छ ।

नेकपा एसले एक बिज्ञप्ति जारी गर्दै मंगलबार राष्ट्रिय गृहमा उपस्थित हुने जानकारी गराएको छ ।

नेकपा एसका अनुसार मंगलबार दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा उपस्थित हुन आग्रह गरेको छ ।

बिज्ञप्ति

आदरणीय सञ्चारकर्मी मित्रहरू,
हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बिच पार्टी एकता घोषणा कार्यक्रम निम्न मिति, स्थान र समयमा आयोजना गरिएको छ । उक्त कार्यक्रमको समाचार संकलन, प्रकाशन एवं प्रशारण गरि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
मिति – १३ पुस २०७८, मंगलबार
समय  – दिउँसो १२:३० बजे
स्थान – राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, भृकुटीमण्डप, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)
केन्द्रीय कार्यालय