तेह्रथुम, पुस १३ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि तेह्रथुमले ६ वटै स्थानीय तहमा संगठन बिस्तार गरेको छ ।
संगठन बिस्तारलाई तिव्रता दिने जिल्ला कमिटीको निर्णय अनुसार सबै स्थानीय तहमा संगठन बिस्तार भइरहेको हो ।
जिल्ला कमिटीले यसअघि नै संगठन बिस्तार गर्न जिल्ला कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी दिएको थियो । सो अनुसार ६ वटै स्थानीय तहमा पालिका र वडा कमिटी गठन गर्न सुरु गरिएको जिल्ला अध्यक्ष कृष्ण चोङबाङले बताउनुभयो।
उहाँका अनुसार सोमबार फेदाप गाउँ पालिका वडानम्बर ३ जलजलेमा सम्पन्न भेलाले लेकध्वोव लिम्बूको अध्यक्षतामा १५ सदस्यीय वडाकमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भुवन लिम्बू सचिव पदम सुन्दर लिम्बू र सहसचिबमा दल बहादुर लिम्बू चयन हुनुभएको छ।
कमिटि प्रदेश सदस्य कपिलदेब सिंगक, राजेन्द्र बराल र जिल्ला कमिटि सचिव गजेन्द्र कन्दङवाको आथित्यता रहेको कार्यक्रम महेन्द्र तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।
यसअघि आठराई र छथर गाउँपालिकाका विभिन्न वडाहरुमा नेकपा एकिकृत समाजबादिको कमिटिहरु गठन भई सकेका छन् भने युवासंघ जिल्ला कमिटि तेह्रथुम समेत गठन भई सकेको जिल्ला अध्यक्ष चोङबाङले बताउनुभयो ।