अनेरास्ववियू परमानन्द भण्डारी बहुमुखी क्याम्पस कमिटी गठन

गुल्मी, १३ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियू)को परमानन्द भण्डारी बहुमुखी क्याम्पस कमिटी गठन गरिएको छ ।

मंगलबार धुर्कोटमा एक कार्यक्रमकाबीच बिष्णु घिमिरेको अध्यक्षतामा २१ सदस्य अनेरास्ववियू क्यापस कमिटीको गठन भएको हो। जसमा उपाध्यक्षद्वय राधिका कुवर, कल्पना सुनार चयन भएका छन् ।

सचिवमा सन्तोष सुनार, सहसचीव सृजना भण्डारी, सहसचिव मन्जु भण्डारी, कोषादक्ष्य लक्ष्मण भण्डारी चयन भएका छन् ।