काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) पार्टीबीच एकता भएको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एकता घोषणा कार्यक्रम गरी दुई पार्टीबीच एकता भएको हो ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच पार्टी एकता भएको हो ।
एकता कार्यक्रममा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भूसाल, बागमतीका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेल लगायतको उपस्थिती थियो ।
कार्यक्रममा अध्यक्ष नेपालले अविर(माला लगाएर जनवादीका अध्यक्ष देवेन्द्रसिंह महता लगायतका नेताहरुलाई अवीर लगाइदिएर स्वागत गरेका थिए ।
एकता कार्यक्रमा अध्यक्ष नेपाल ‘आयो एकीकृत समाजवादी भन्ने गीत’मा छमछमी नाचेका थिए ।