एमाले परित्याग गरि केही नेता शुक्रबार नेकपा (एस) प्रवेश गर्दै

काठमाडौं, १५ पुस ।  नेकपा एमालेका केही नेताहरु पुस १६ गते नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।

नेकपा एसको अध्यक्ष माधवकुमार नेपालका अनुसार शुक्रबार भोलि एमाले परित्याग गरि केही नेताहरु  नेकपा (एस)मा प्रवेश गर्ने भएका हुन् ।

‘एमालेका केही नेताहरुले समेत एकीकृत समाजवादीमा सामेल हुनका लागि छलफल भइरहेको छ,’ अध्यक्ष नेपालले भने ।

यसअघि नेकपा ९एस०ले नेकपा जनवादीसँग पार्टी एकता गरेको थियो । त्यस्तै शुक्रबार नै नेकपा (एस)सँग नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको टोली पनि समाहित हुँदैछ ।