नेकपा (एस) प्रति जनलहर : पुस १६ गते समाहित हुँदै राष्ट्रिय जागरण परिषदको टोली

काठमाडौं, १५ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टीसँग नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको टोली समाहित हुने भएको छ ।

यही पुस १६ गते अर्थात शुक्रबार एक समारोहकाबीच एकीकृत समाजवादी पार्टीसँग एकता हुने बताइएको छ । पार्टी एकताबारे मंगलबार काठमाडौंमा समाजवादी (एस)का अध्यक्ष साध्यबहादुर भण्डारी नेतृत्वमा राष्ट्रिय जागरण परिषदको टोली सामेल हुनेबारे छलफल भइसकेको छ ।

यसअघि नेकपा जनवादीसँग पुस १३ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा एक कार्यको आजयोजना गरी नेकपा एसले पार्टी एकता घोषणा गरेको थियो ।