नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति गठन, सभापतिमा सुर्दशन नेपाल

काठमाडौं १५ पुस । नेपाल सरकारले नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्य समितिको पुनर्गठन गरेको छ । नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । त्यस्तै महामन्त्रीमा भुपतिलाल श्रेष्ठ चयन भएका छन् ।

समितिका सभापति रुपन्देहीका सुदर्शन नेपाल नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति हुनु भएको हो । त्यस्तैगरी महामन्त्री भूपतिलाल श्रेष्ठ नेकपा (एकीकृत समाजवादीं)को तर्फ महामन्त्री भएका हुन् ।

श्रेष्ठ तेह्रथुमका हुन् । यस्तै कोषाध्यक्ष नेकपा माअ‍ोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् ।

उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । यस्तै उप कोषाध्यक्ष भगवती शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । नया कार्य समितिमा प्रदेश नम्बर १ बाट बासुदेब गौतम, बिनोद बस्नेत, लुना ढुंगाना र बबिता कटुवाल केन्द्रीय सदस्यमा चयन भएका छन् ।

तत्कालिन सरकारले रेडक्रस सोइसाटीमा भ्रष्टाचार भएको भन्दै २०७७ साउन १२ गते संजिव थापाको अध्यक्षतामा रहेको समिति विघटन गरेर नेकपा एमालेको सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति गठन गरेको थियो ।

तिमिल्सिनाको समितिले तोकेको समयमा अधिवेशन गर्न नसकेपछि स्वत खारेज भएको नया कार्य समितिका पदाधिकारीहरुले बताएका छन् ।

यसैबिच तेह्रथुम जिल्लामा जन्मनु भएका भुपतिलाल श्रेष्ठ नेपाल रेडक्रस सोसाईटीको महामन्त्रीमा नियुक्ति भए पछि जिल्लाबासि खुशि भएका छन् ।

लामो समय सम्म रेडक्रसमा योगदान गर्नु भएका श्रेष्ठलाई यश अघि सबै दलका रेडक्रस प्रतिनिधिले सभापतिको रुपमा अघि सारे पनि एमालेकै एक नेताले श्रेष्ठलाई सभापतिमा अस्विकार गर्दा बिवाद उत्पन्न भई तत्कालीन नेकपा एमालेको सरकारले तिमल्सिनाको सभापतित्वमा समिति गठन गरेको श्रोतले दाबी गरेको छ ।

महामन्त्री भएका श्रेष्ठ २०४८\०६२ सम्म जिल्ला कार्यसमितको महामन्त्री , २०६२\०७४ सम्म जिल्ला कार्य समितिको सभापति र २०५४ \०७४ सम्म केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!