रौतहटका एक किसान, जसले अध्यक्ष ओलीको भाषण सुन्न ५७ किमि यात्रा गरे

पर्सा, १५ पुस । नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएको अध्यक्ष ओलीको भाषण सुन्न पर्सामा एक कार्यकर्ताले ५७ किलोमिटर दुरी यात्रा गरेका छन्।

उनी रौतहटका एक किसान हुन् । उनी गत ८ गते जगरनाथ पुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य सुन्न साइकलबाट ५७ किलोमिटर यात्रा गरेर आइपुगेका हुन ।