काठमाडौं १६ पुस । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आएका नेता नै एमालेमा प्रवेश गरेका छन् । बारा जिल्लाबाट माओवादीको महाधिवेशनमा आएका कुमार मोक्तान एमाले प्रवेश गरेका हुन् ।
उनी माओवादी केन्द्र बारा जिल्ला इन्चार्जसमेत थिए । मओवादी परित्याग गर्दै उनी बिहिबार एमाले प्रवेश गरेका हुन्। उनीसहित बाराबाट सयौँ माओवादी केन्द्रका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्दै उनले माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको आरोप लगाए । मआवादी परिवारवाद र नातावादमा रुमालिएको उनले बताए । नेता मोक्तान एकाले अध्यक्ष केपी ओली निवास बालुवाटारमै पुगरेर पार्टी प्रवेश गरेका हुन् ।
उनलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए। प्रवेशपछि उनले एमालेबाट देशको परिवर्तन सम्भव भएको दावी गरे ।