राप्रपाका अध्यक्ष लिङ्देन तथा महामन्त्री राणासँग रवीन्द्र मिश्रको भेटवार्ता

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग रवीन्द्र मिश्रले भेट गरेका छन् ।

साझा विवेकशिल साझा पार्टीका संयोजक समेत रहेका मिश्रले भेटमा समसामयीक राजनीतिक विषयमा कुराकानी गरेको बताइएको छ ।

उहाँहरुबीच राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो, अध्यक्ष लिङ्देन स्रोतले बतायो । मिश्रलाई पछिल्लो समय राजतन्त्रवादी भएको भन्ने आरोप लाग्दै आएको छ ।

उनको हरेक भनाइहरुमा राजतन्त्रको पक्षधर भएको भन्दै टिप्पणी हुने गरेको छ ।