नेकपा (एकीकृत समाजवादी) पार्टीको स्याङ्जा चापाकोटमा वडा कमिटी गठन

स्याङ्जा, १६ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्याङ्जाको चापाकोटमा वडा कमिटी गठन गरेको छ ।

उसले जिल्लाको चापाकोट वडा नं ९ र १० को वार्डको नयाँ कमिटी गठन गरेको हो । जसमा वडा ९ मा अध्यक्षको जिम्मेवारी गोबर्धन चापागाईंले पाएका छन् । त्यस्तै उपाध्यक्ष शान्ति कुंवर, सचिवमा टीकाराम पाण्डे, उपसचिव सबिना कुंवर लागायत ३१ सदस्यीय सिंगो कमिटी बनेको हो ।

यस्तैगरी पार्टी वार्ड नं १० को जिम्मेवारी अध्यक्ष मित्रलाल रेग्मीले पाएका छन् । उपाध्यक्षमा कमल परियार, मुक्ती पंगेनी, सचिव सन्तु फाल लगायतको २५ सदस्यीय सिंगो कमिटी र युवा संघ, नेपाल चापाकोट नगरको जिम्मेवारी पाएका छन् ।

अध्यक्ष कमल परियार, उपाध्यक्ष सुन्दर भट्टराई, कमल नेपाली, सचिव बुद्धिमान श्रेष्ठ, उपसचिव टनोज ढकाल, सन्तु फाल,कोषाध्यक्ष सुन्दर भण्डारी लगायत ५५ सदस्यीय कमिटी बनेको हो ।