राज्यमन्त्रीको निर्देशन- ‘कर्णालीमा कोरोनाको खोप किन थोरैले लगाए कारण पत्ता लगाउनु’

कर्णाली, १६ पुस । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कर्णाली प्रदेशका सबै नागरिकहरुले कोरोना बिरुद्वको खोप नलगाउनुको कारण पत्ता लगाउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिनु भएको छ ।

कर्णाली प्रदेशका १० वटा जिल्लामा अन्य प्रदेश भन्दा कमनागरिकले मात्र कोरोना बिरुद्वको खोप लगाएको भन्ने तथ्यांक देखएकले देखाएको थियो ।

उक्त तथ्यांक सार्वजनिक भएपछि कर्णाली पुग्नुभएका राज्यमन्त्रीले सबै नागरिकहरुले खोप लगाउन पाउने वातावरण बनाउन कर्णालीका समाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रशाद काप्रीलाई निर्देशन दिनुभएको हो ।

कर्णाली प्रदेशका केहि जिल्लाका स्थानीयतहरुमा अत्यन्तै कममात्र कोरोना बिरुद्धको खोप लगाएको तत्यांक स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो ।

प्रधानमन्त्रीको निर्देशन अनुसार नै कर्णालीको विरेन्द्रनगर र सुदुरपश्चिमको डढेलधुरामा राज्यमन्त्री खापुङ र स्वास्थ मन्त्रालयका प्रमुख बिषेसज्ञ डाक्टर श्याम सुन्दर यादव सहितको टोलीले निरीक्षण गर्नेछ ।

बिरेन्द्रनगरमा मुख्यमन्त्री, सामाजिक बिकासमन्त्रालयका सचिब सुर्खेत जिल्लाका स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरु बिच कोरोना खोपको अबस्था र भाबियोजनाको बारेमा छलफल भएको टोलीमा सहभागि राज्यमन्त्रीका प्रेससल्लाहकार भगिश्वर लिम्बुले बताउनुभयो।

उहाँका अनुसार राज्यमन्त्री सहितको टोलीले पुष १८ गते डढेलधुरा, पुस १९ गते धनगढीमा पुगेर सरोकारवालासंग के कसरी कोरोना खोप लगाउने नागरिकको सँख्या बढाउन सकिन्छ भनेर सामुहिक छलफल गर्नेछ । भ्रमण टोलीमा स्वास्थ्य मन्त्रालयका डाक्टर अमुच भट्टचन, डाक्टर केशवराज पण्डित र सचिवालयका पवन थापाको सहभागिता रहेको छ ।