तेह्रथुम, १९ पुस । नेकपा (एकीकृत समाजवादी) पाटीको आठराई गाउँपालिका वडा ६ अध्यक्षमा ओमकुमार लिम्बू चयन भएका छन् ।
शनिबार आयोजित भेलाले ओमकुमार लिम्बूको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । नेकपा केन्द्रीय सदस्य सृजना फोम्बो तथा प्रदेश कमटी सदस्य मानबहादुर लिम्बूको लगायतका नेताहरुको उपस्थितीमा कमिटी गठन गरिएको बताइएको छ ।
नवगठित वडा कमिटीको उपाध्यक्षमा गोपीचन्द्र तामाङ र सचिवमा मनकुमार लिम्बू चयन भएका छन् ।