मलेशियामा दिलकुमारको दुखद अन्त्य : श्रीमती अर्कै पुरुषसँग टाप, बाँच्ने रहर छँदै निभ्यो जीवन

तेह्रथुम, १९ पुस । तेह्रथुमका एक युवकको मलेशियामा ज्यान गएको छ । गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् । मृत्यु हुनेमा आठराई गाउँपालिका ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका ३४ वर्षका दिलकुमार बुढाथोकी रहेका छन् । उनी करिब ४ वर्षअघि बैदेशिक रोजगारीको शीलशिलामा मलेशिया पुगेका थिए ।

उनको मृत्युका बारेमा ठोस कारण खुल्न सकेको छैन । कम्पनीले सबै रिपोर्टहरु तयार गरेको भएपनि मृत्युको खास कारण भने खुलाएको छैन । कम्पनीमा सँगै काम गर्ने नेपाली कामदारहरुका अनुसार उनी सामानय अवस्थामै थिए मृत्यु भएको अघिल्लो दिन । सामान्य अवस्थामै रहेका उनले त्यो दिन कोरोना भाइरसबिरुद्धको तेस्रो डोज खोप लगाएको उनका साथीहरुले बताएका छन् ।

कोरोना खोपमाथि शंका

मृतक दिलकुमारका भान्जा रोशन दंगालका अनुसार अघिल्लो दिन कोरोना भाइरसबिरुद्धको तेस्रो डोज खोप लगाएका थिए । त्यसै राति उनी विते ।

‘कुनै पनि समस्या नभइ मामा सामान्य अवस्थामा हुनुहुन्थ्यो । अघिल्लो दिन कोरोनाको खोप चाही लगाउनुभएको थियो रे । उहाँका साथीहरुले भनेको,’ दिलकुमारका भान्जा रोशनले साझा चासोसँग भने, ‘राति खाना खाएर उहाँ आफ्नो बेडमा सुत्न जानुभयो। हामी हाम्रो कोठामा सुत्यौँ । हामी बिहान उठ्यौँ । तर उहाँ उठ्नुभएन।’

रोशन हाल मलेशियामै कार्यरत छन् । उनलाई पनि कोरोनाको खोपले केही असर गरेको सुनाए । रोशनलाई मृत्युको कारण मेडिकल रिपोर्टबारे सोध्दा हर्टआट्याक भनेर भनेको बताएका छन् । तर त्यो कुनै ठोस रुपमा प्रमाण नदिइ कम्पनीले दावी गर्दै आएको मात्रै बताए ।

दिलकुमारको शव यही जनवारी ५ तारिख नेपाल पठाइदैछ । उता दिलकुमारको परीवारले पनि मृत्यु हुनुअघि सञ्चै भएको भन्दै कुराकानी गरेको बताएको छ ।

दिलकुमारका दाई तुलसी बुढाथोकीले भाइले अघिल्लो दिन आफू सञ्चै भएको भन्दै फोनमा कुरा भएको सुनाए ।

प्रेम संघर्ष

दिलकुमारले १० वर्षअघि तेह्रथुमकै एक युवतीसँग प्रेम विवाह गरेका थिए । उनी क्षेत्रीकै छोरा भएपनि भागी विवाह गरेका थिए । लामो समयसम्मै उनको प्रेम चल्यो । तर युवतीको आमाबुबाले माग्न जाँदा नदिने सम्भावना बढेपछि उनले भगाएर विहे गर्ने निधो गरे । र, उनले चैतको बेला भगाएर घर त्याउने प्रयास गरेका थिए ।

उनको सुइको पत्तो पाएपछि युवतीका बुबाले उनीहरुको पीछा गर्दै तमोर खोलासम्म पछ्याएर छोरी फर्काउने गरि आएको थिए ।

त्यसपछि खोलामा हुनेवाला ससुरा र दिलकुमारको तमोर खोला झण्डै हात हालाहाकै स्थिती भएको उनले सुनाएका थिए । तर उनी आफ्नो प्रेमिकालाई आफ्नो बनाउन सफल भए।

उनीहरुको विवाह पनि भयो । उनीहरुको छोरा पनि भयो । तर दिलकुमार आर्थिक समृद्धि र सुखद भविश्यका लागि विदेशिन पुगेका थिए ।

पिरोलिएका दिलकुमारको मन

उनी विदेशिएको २ वर्षपछि उनीक श्रीमति अर्कै पुरुषसँग विवाह गरेर गइन् । उनीहरुको एक सन्तान छोरा छन् । ती छोरा उनका दाई तुलसीका काखमा छन् ।

अहिले सँधै बुबा-आमा खोज्ने भतिजोलाई बुबासँग फेशबुक म्यासेन्जरमा कुराकानी गराउँदै आएको र कुरा गर्दा खुसी हुने गरेका तुलसीले बताए । तर अब उसको त्यो चाहना र खुसीमा पनि कहिल्यौ नखुल्ने बादल लागेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!