युवा पुस्तामा प्रेरणाको पर्याय आङ्बो: ३९ वर्षमै २ पटक मन्त्री, दशकयता लगातार केन्द्रीय सदस्य

कृष्ण कन्दङ्वा

पाँचथर, २१ पुस । नेकपा (माओवादी केन्द्र)को युवा केन्द्रीय सदस्यको लिष्टमा पहिलो नम्बरमा छन्  इन्द्रबहादुर  आङ्वो । २३६ केन्द्रीय सदस्य बनेको माओवादीमा उनी जनजाति युवा ‘क्लास्टर’बाट केन्द्रीय सदस्यमा परेका हुन् ।

No description available.

आफू खुला केन्द्रीय सदस्यमै रहेको भएपनि आगामी निर्वाचन केन्द्रीत संरचनाका कारण जनजाति युवा केन्द्रीय सदस्यमा परेको दावी गर्छन् उनी।

आङ्वो २०३९ साउन २९ गते पाँचथरमा जन्मिएका थिए । उनी भर्खरै ३९ वर्ष मात्रै पुग्दैछन् । उनका लागि सौभाग्य त अर्को के छ भने अहिलेसम्म २ पटक प्रदेश मन्त्री भइसकेका छन् । उनी एक दशकयता हालसम्मै लगातार पार्टीको केन्द्रीय सदस्यमा पनि छन् ।

उनी प्रदेश एकका वर्तमान अर्थमन्त्रीसमेत हुन् । उनलाई भर्खरै राजीनितिमा प्रवेश गर्दै गरेका युवाहरुले प्रेरणाको स्रोत समेत मान्ने गरेका छन् ।

यतिवेल उनी पाटी पङ्तिभित्रको डौडमा ‘रेस’ बढाउने स्थितिमा छन् । जसअनुसा उनी आफूलाई परीस्कृत र स्तरीकृत गर्दै अघि बढीरहेका छन् । उनको क्षमतालाई पार्टी नेतृत्वले पनि राम्ररी पहिचान गरेको छ । सोही अनुसार नै उनले पुन: केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

१६ वर्षदेखि राजनीति

१६ वर्षदेखि राजनीति थालेका उनले शिक्षा संकायमार्फत मुख्य बिषय अर्थशास्त्रमा आइएड गरेका छन् । आइएड पास गरेसँगै सक्रीय राजनीतिमा होमिनु पर्दा उनले पढाइलाई अघि बढाउन सकेनन् ।

सर्वप्रथम उनी २०५५ सालमा उनी (अखिल क्रान्तिकारी विद्यार्थी) इकाई माओवादीबाट सशक्त आन्दोलनमा होमिए ।

त्यतिबेला उनी १६ वर्षका मात्रै थिए । २०५६ सालमै उनी अखिल क्रान्तिकारीको जिल्ला सचिवको जिम्मेवारी उनले सम्हालेका थिए ।

राजतन्त्र, एकल धार्मिक र एकल जातिय व्यवस्थाबिरुद्धको अन्न्यका लागि आफू राजनितिमा आएको उनी बताउछन् ।

उक्त व्यवस्थाको बिरुद्ध लड्न त्यो बेलाको आवस्यकता रहेको र माओवादी पार्टीले अगुवाइ गरेकाले आफू माओवादी राजनीतिमा होमिएको उनी बताउछन् ।

जनयुद्ध आंशिक सफल

‘अढाइ सय वर्षअघिबाट रहेको सामन्ति राजतन्त्र, एकल जातिय र एकल धार्मिक व्यवस्था, पितृसत्तात्मक व्यवस्था र पुरातानवादी व्यवस्थाको अन्त्य गरेर जनताकै नेतृत्वमा नयाँ जनवादी व्यवस्था ल्याउन उदेश्यले हामीले सशस्त्र आन्दोलनको सुरुवात गरेका थियौँ,’ उनले भने ।

आन्दोलनबाट पूर्ण उदेश्य भने प्राप्त नभएको भएपनि केही उपलब्धीहरु भने प्राप्ति भएको उनको दावी छ ।

‘सामन्ति राजतन्त्रको अन्त्य गर्यौँ, एक जातको आधारमा व्यवस्था थियो । धर्मको आधारमा व्यवस्था थियो । त्यसको अन्त्य गरेर हामीले संघिया लोकतान्त्रिक गणतनत्रको स्थापना गर्यौँ यो जनयुद्धकै कारण सम्भव भएको हो,’ उनी भन्छन्, ‘हामी पूर्ण रुपमा पनि हारेनौँ । पूर्ण रुपमा पनि जितेनौँ । शक्ति सन्तुलनको सम्झौताबाट अहिलेको व्यवस्थामा रहेकाले आन्दोलन पूर्ण सफल त भएन । तर आंशिक सफल भने भएको छ।’

समृद्धिका लागि शान्तिपूर्ण प्रतिस्पर्धा

अझै जनताले चाहेको व्यवस्था र समृद्धिका लागि शान्तिपूर्ण तरिकाले प्रतिस्पर्धा गरिरहेको उनी बताउछन् । संघियता धर्म निरपेक्षता गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका संविधान लिपीबद्ध भएको अधिकारलाई स्थापित गर्न स्थायीत्व दिनका लागि लागि पर्ने उनी बताउछन् ।

त्यस्तै व्यवस्था मात्रै परिवर्तन गरेर नभइ जनताको खास अवस्था उनीहरुको जनजिविका र देशको अवस्थामा परिवर्तन नभएकाले पार्टीले नै समाजवाद आधार तयार गर्न आत्मनिर्भ अर्थतन्त्र भौतिक पूर्वाधार र सामाजिक विकासका लागि उद्घाष गरिसकेको उनी दावी गर्छन् । संविधानको अपूर्णता र जनताका विकास र समृद्धिलाई पूर्णता दिँदै लौजानु पर्ने उनको भनाइ छ ।

पूर्णकालीन राजनीति

२०५७ सालमा पूर्णकालीन राजनीतिमा होमिएका उनले माओवादीको इलाका कमिटी सदस्य पनि बने । ५८ सालमा आइपुग्दा वार्ताहुनुअघि नै उनी पार्टीको जिल्ला कमिटी सदस्य र अखिल क्रान्तिकारीको सचिव पनि भइसकेका थिए ।

पाँचथर जिल्लाकै पहिलो ‘सेक्रेटरी’

५९ सालमा उनलाई पाँचथर जिल्लाकै पहिलो पार्टी सचिव ‘सेक्रेटरी’ बन्ने अवसर मिल्यो। त्यसअघि माओवादीले इलाम, पाँचथर र ताप्लेजुङको सयुक्त कमिटी हुने गर्दथ्यो । पछि बेग्ला बेग्दै जिल्ला कमिटी बन्दा पाँचथरकै जिल्ला कमिटीको पहिलो सचिव बन्ने सौभाग्य भएको उनले सुनाए ।

जनमुक्ति सेनाको बटालियन कमिसार

उनले ६१ सालबाट जिल्ला कमिटी सदस्य छोडेर जनमुक्ति सेनाको बटालियन कमिसारका साथै क्षेत्रिय ब्योरो सदस्य बने । यो बेला नेपालमा जनयुद्धकालको उत्तरार्ध थियो । २०६२ सालमा आइपुग्दा उनी जनमुक्ति सेनाको व्रिगेट कमाण्डरको जिम्मेवारीमा आइपुगे ।

त्यसपछि जनमुक्ति सेना क्यान्टेनमेनमा गयो तर अरुलाई पठाए उनी गएन् । पछि वाइसेल बन्यो वाइसेलको पनि उनी संस्थापक केन्द्रीय सचिवालय सदस्य बन्ने उनले अवसर पाए । मेची व्युरो सचिवालय सदस्य उनी छँदै थिए । २०६४ सालमा पार्टीकै लिम्बूवान प्रान्तिय कमिटी बन्यो जसको सहसचिवको भूमिकाम रहे ।

वैद्य पक्षमा

२०६८ सालमा माओवादी पार्टी विभाजन भयो । त्यो बेला उनी मोहन वैद्यपक्ष नेकपा (माओवादी क्रान्तिकारी)मा लागे । उक्त पार्टीमा उनले केन्द्रीय सदस्यको जिम्मेवारी पाए ।

लिम्बूवान राज्य कमिटीको इन्चार्ज बने । २०७२ सालमा माओवादी पुन एक बन्यो । माओवादी एकता केन्द्रबाट माओवादी केन्द्र बन्दा सचिवालय सदस्य बने । जतिबेला ८७ जनाको सचिवालय थियो । उनी माओवादी केन्द्रको मुख्य ८७ नेतामध्ये १ मा उनी पनि थिए ।

१६ हजार ८ सय मत पाउँदै प्रदेश सांसद

२०७४ सालमा माओवादी र एमाले एक बनेर चुनावमा गयो । सो बेला पाँचथरमा एकै निर्वाचन क्षेत्र बन्यो जसमा क्षेत्र नम्बर ख बाट उनी मा प्रदेश सांसदमा निर्वाचित भए । उनले प्रतिद्न्द्वि सुरेन्द्र दाहाललाई ४८०० मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले करिब १६ हजार ८ सय मत प्राप्त गरेका थिए ।

प्रदेश मन्त्री २ पटक

उनी ७४ फागुनमा प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । त्यसअघि (नेकपा)बन्दैखेरी उनी केन्द्रीय सदस्य बनेका थिए भने, (नेकपा) पाँचथरको जिल्ला इन्चार्जसमेत भइसकेका थिए । त्यसपछि पार्टी २०७७ पुस ११ गते उनलाई मन्त्रीबाट बर्खास्त गरियो ।

त्यसको १० महिनापछि पुन उनी २०७८ कात्तिकमा अर्थमन्त्रीका रुपमा मन्त्रालय छिरे । माओवादीको भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका छन् ।