‘याक्थुङ चलचित्रकर्मी संघ’ प्रदेश १ गठन, समग्र लिम्बू कलाकारहरुको हकहितमा रहने

धरान, २० पुस । ‘याक्थुङ चलचित्रकर्मी संघ’ प्रदेश १ गठन गरिएको छ । सोमबार धरानमा आयोजित एक भेलाले सम्पूर्ण लिम्बू कलाकारहरुको हक-हित संरक्षणका लागि याक्थुङ चलचित्रकर्मी संघ गठन गरिएको हो ।

यसअघिका स्थापना भएका संस्थाहरुले लिम्बू भाषाका चलचित्रमा काम गरेका कलाकारहरुलाई मात्रै संगठित गराउदै आएको थियो । तर याक्थुङ चलचित्रकर्मी संघले भने लिम्बू बाहेक नेपालीसहित अन्य चलचित्रमा काम गर्ने लिम्बू कलाकारहरुलाई पनि समेट्ने नवगठित संस्थाका उपाध्यक्ष मीना सिंगकले बताउनुभयो ।

उहाँका अनुसार यस संस्थामा लिम्बू भाषादेखि बाहेक चलचित्रका प्रविधिक, निर्देशन, लेखन गर्ने हरेक क्षेत्रका कलाकारहरु रहने छन् । र, उनीहरुको हितका लागि लड्ने पक्षमा रहनेछ ।

नवगठित संघको अध्यक्षमा नविन मेन्याङ्वो रहेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष हर्क लिवावङ चयन भएका छन् ।  उपाध्यक्ष ४ जना रहनेछ । जसमा दिनु सुब्बा, मीना सिंगक र प्रकाश सुब्बा चयन भइसक्नु भएको छ । अन्य १ उपाध्यक्ष पछि चयन गरिने बताइएको छ ।

त्यस्तै सचिव सागर लिम्बू सिंगक, सहसचिव हरी इवाहाङ, कोषाध्यक्षमा तेज मेन्याङ्वो, सहकोषाध्यक्ष संगीता लावती चयन हुनुभएको छ । सदस्यमा रेखा फागो, छत्र आङ्बेहाङ। प्रकाश लिम्बू, यम लिम्बू, इन्द्रकुमार लिम्बू, सानुराजा थेगिम चयन हुनु भएको छ ।

यस संस्थाले सिनेमा बनाउने ‘क्राइट एरिया’ पनि निर्धारण गर्ने, कस्ता लिम्बू चलचित्र हुन्, कुन होइनन्, भन्ने जस्ता कुराहरुको लेखाजोखा गर्ने बताइएको छ । संस्थाको विधान पनि यही हप्ताभित्र बस्ने बैठकले तय गर्ने उपाध्यक्ष सिंगकले बताउनुभयो । यसै हप्ता संस्थको पहिलो बैठक बस्ने र संस्था दर्ता र कार्यलय स्थापनाका कुराहरु अघि बढ्ने सिंगकको भनाइ छ ।

समाचार सामग्री : कृष्ण कन्दङ्वा