तेह्रथुम, २४ पुस । एमाले तेह्रथुमको नयाँ नेतृत्वका लागि २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । एमालेको ११औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका हुन् ।
तिवारी एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन भने कन्दङवा पूर्व एमाले जिल्ला अध्यक्ष हुन् । दुवै उम्मेदवार तेह्रथुम जिल्लाबाट निर्वाचित प्रदेश सांसद पनि हुन् । निर्वाचन क्षेत्र क का प्रदेश संसद तिवारी हुन् भने कन्दङवा क्षेत्र ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।
तिवारी एमाले विभाजन अघि माधव नेपाल लाइनका थिए । तर पार्टी विभाजनसँगै उनी एमाले संस्थापन पक्षमा आए र, शेरधन राई नेतृत्वको सरकारमा उद्योग वन तथा वातावरण मन्त्री बनेका थिए ।
यता कन्दङवा भने एमाले अध्यक्ष केपी ओली निकट मानिदै आएका नेता हुन् । उनी लामो समयदेनि ओली पक्षमै रहँदै आएका छन् । उनी र ओलीको पूर्खयौली घरसमेत नजिकै रहेको छ ।
६ स्थानीय तह रहेको तेह्रथुमका सबै स्थानीय तहमा एमालेले सर्वसम्वत नेतृत्व चयन गरेको छ ।