लिम्बू भाषा, संस्कृति र भेषमय बन्यो ‘भ्वइस किड्स’, रुक्साना प्रवेश गरिन् टप ८ मा

काठमाडौं, २५ पुस । चर्चित रियालिटी शो भ्वइस अफ किड्स लिम्बू भाषा, संस्कृति र लिम्बू भेषमय भएको छ ।

फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बूमय बनाएकी हुन् ।

उनले टप ८ मा प्रवेश गर्नै लाग्दा जितेन राईको चर्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै विनायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्रस्तुतीलाई दर्शक तथा कोचहरुले अत्याधिक मन पराएका छन् । उच्च प्रशंसा गरेका छन् ।

अझ रमाइलो त उनले गाएको गीत अघि लिम्बू भषाको गीतको टुक्रा ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ भन्ने गीतले झन स्टेज लिम्बू भाषामय बनाएको थियो ।

रुक्सानाको लिम्बूमय प्रस्तुती त्यातिमै सिमित रहेन उनले लगाएको लिम्बू ड्रेस (ढाकाको कपडा) नकको डुंग्री, साम्याङ फुङ, चन्द्रहार, कण्ठ लगायतका भेषले स्टेजको चमक नै अर्कै बनाएको थियो ।

लिम्बूमय बन्न त्यतिमै मात्रै रहेन भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै राजु लामाले पनि आफ्नो भाषा संस्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुतीसँगैको भाषा र भेषभूषाको प्रशंसा गरे ।

अर्की कोच मिलनले त झनै स्टेजमै लिम्बू भाषाको गीत गाएर झनै लिम्बू मय बनाइ दिएका थिए । उनले पनि रुक्सानाको प्रस्तुती र भेषको उच्च प्रशंसा गरिन् ।

रुक्सानाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्सानाको प्रस्तुती र भाषा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू मय बनाउन कुनै कन्जुस्याइ गरेनन् । उनले लिम्बू भाषाबाटै रुक्सानासँगक कुराकानी गरे ।

उनले स्टेजमै रुक्सानालाई लिम्बू भाषाबाट भने, ‘तिम्रो प्रस्तुतिले मेरो मन प्रसन्नभयो। सँगै भने आखे केल बे हौँ ?रुक्सानाले भनिन् नु आ हौँ।’ कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कुराहरु छिटै सिक्ने खुवी भएको बताए ।

स्टेजमा अझ रमाइलो के थियो भने रुक्सानाको प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका युवतीहरुका कारण झनै आकर्षक बनेको थियो । अझै रोचक त झन रुक्सानाले लगाएका सबै लिम्बू गहनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।

रुक्सानाले विन कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आफ्नो भाषा संस्कृती र भेषभूषा विर्सिदै जाँदा आफ्नो भाषाभूषा प्रति यतिको ठूलो ज्ञान हुने पक्कै पनि सानो कुरा होइन ।

गत शनिबारको प्रस्तुतिको आधारमा आएको भोटका आधारमा रुक्साना लिम्बू टप ८ मा प्रवेश गरेकी छन् । अब आगामी शनिबार एकै पटक भ्वइस किड्सको विजेता घोषणा गरिनेछ ।        समाचार सामग्री : कृष्ण कन्दङ्वा