घाँस झार्ने क्रममा करेन्ट लागेर तेह्रथुममा एक प्रधानाध्यापकको मृत्यु

तेह्रथुम, २६ पुस । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा करेन्ट लागेर एक प्रधानाध्यापकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाकाली मध्यामिक विद्यालयका प्रधानाध्यापक अम्बरहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

उहाँको फेदाप गाउँपालिका १ महाभीरस्थित आफ्नै बारीमा घाँस काट्नेक्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ । ५२ बर्षीय प्रधानाध्यापक बस्नेत घाँस काट्न रुखमा चढ्नु भएको थियो । सो क्रममा हाईटेन्सन लाइन छुदा करेन्ट लागेको थियो ।