पाँचथर, २७ पुस । कोभिड व्यवस्थापन केन्द्र डिसीएमसी पाँचथरले सार्वजनिक स्थलमा कुनैपनि प्रकारका कार्यक्रम गर्न निषेध गर्ने निर्णय गरेको छ । डिसीएमसी पाँचथरको आज बसेको बैठकले सार्वजनिक स्थलमा राजनीतिक, प्रशासनिक र सामाजिक कार्य गर्न नदिने निर्णय गरेको हो ।
अत्यावश्यक तथा नगरी नहुने अवस्था आएमा स्थानीय प्रशासनको अनुमति लिन आग्रह गरिएको छ । त्यस्तैगरी अर्को सुचना जारी नभएसम्म २५ जनाभन्दा बढी भेला हुनेगरी कार्यक्रम महोत्सव आयोजना नगर्न अनुरोध गरिएको छ।
त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप अनिवार्य गर्ने पनि डिसीएमसी पाँचथरले निर्णय गरेको छ ।
निर्णय