तेह्रथुम, २७ पुस । तेह्रथुममा पनि एक कोरोना संक्रमित फेला परेका छन् । मंगलबार गरिएको एन्टीजेन परीक्षणमा एकको कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ ।
संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित हाल होम आइसोलेसनमै रहेको र उच्च निगरानीमा राखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ ।
उता जिल्ला प्रशासन कार्यालय तेह्रथुमले भने संक्रमितमा घातक नयाँ भेरियन्ट ओमिक्रोन हुनसक्ने आशंका गरेको छ ।