चुम्लुङ शाखा पथरी शनिश्चरेको पहलमा रुक्साना लागि २८ हजार संकलन

मोरङ । किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर शाखाले रुक्साना लिम्बूका लागि २८ हजार संकलन गरेको छ । द भ्वइस किड्स प्रतियोगी रुक्साना लिम्बूलाई विजेता बनाउन चुम्लुङ शाखाले अभियान मार्फत २८ हजार संकलन गरेको सचिव प्रेम पयाङ्गुले बताउनुभयो ।

उहाँका अनुसार संकलित रकम रुक्साना लिम्बूकी आमा रेखा लावतीको खातामा जम्मा गरिएको छ । शाखाले अभियानमार्फत विभिन्न संघ संस्था, सुभेच्छुक र मनकारी व्यक्तिहरुबाट सहयोग संकलन गरेको हो ।

शाखाले सहयोगी मनहरुप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

रुक्साना लिम्बू विभिन्न चरणमा उत्कृष्ट प्रस्तुतीका साथ फाइनल चरण अर्थात टप ८ मा पुगेकी छन् । जसको फाइनल भोलि अर्था शनिबार राति हुँदैछ ।