काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईमाथि भ्राष्ट्राचारको आरोप लगाउनु भएको छ । उनल उक्त भ्रष्ट्राचार गरेको तथ्य प्रमाण र प्रतिवेदनसहित प्रस्तुत गरेर पूर्वमन्त्री भट्टराईलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
भट्टराईले पर्यटन मन्त्रालय सम्हालेका बेला विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको मन्त्री आलेको आरोप छ ।
उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए । सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’
योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताउनु भएको छ ।
‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भन्नुभयो।
सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कारवाही गर्न सिफारिस गरे पनि त्यसको सुनुवाइ नभएको उहाँले बताउनुभयो। आफू मन्त्रालयमा आएपछि पुनः छानबिन समिति बनाएर अध्ययन गरिरेको उहाँको भनाइ छ । १० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उहाँको भनाइ छ ।
मन्त्रालय मातहतको जो/कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेले बताउनुभयो ।