फाइनलमा धाँधली गरेको भ्वइस किड्समाथि आरोप

काठमाडौं, २ माघ । अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो द भ्वइस किड्सको फाइनल चरणमा धाँधली भएको आरोप लागेको छ ।

आइतबार राति भएको फाइनलमा जेनिश उप्रेति विजेता घोषणा गरियो । तर आयोजकले अप्रत्यासित विजेता घोषणा गरेको भन्दै दर्शक तथा स्रोताहरुले धाधली भएको आरोप लगाइरहेका हुन् । देश तथा विदेशमा रहेको संगीत प्रेमी दर्शक स्रोताहरुले सेंटिङ र विभेदपूर्वक भएको आरोप लगाएका हुन् ।

यतिवेला उनीहरुले भ्वइसलाई प्रतियोगीहरुको प्राप्त गरेको वास्तविक भोट सार्वजनिक गर्नुपर्ने माग राखिरहेका छन् । कतिपयले त भ्वइस विजेता बन्न जेनिसबाट करोडको उधारो सम्झौता गरेकोसमेत आरोप लगाइरहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!