काठमाडौं, ६ माघ । कोरोना महामारीका कारण त्रिभूवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु रोकिएका छन् । बिहीबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सुचना जारी गर्दै सम्पूर्ण परीक्षा स्थगन गरिएको जनाएको छ ।
‘त्रिवि अन्तर्गत हाल संचालनमा रहेका र अधिकांस परीक्षाहरु सम्पन्न भइसकेको, केही सम्पन्न हुनेक्रममा रहेका र संचालनको पूर्वतयारी अवस्थामा रहेको उपत्यका र उपत्यका बाहिरका अधिकाँश परीक्षा केन्द्रसँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेतमा कोरोना संक्रमण भएका कारण त्रिविको केन्द्रीय परीक्षा संचालक समितिका ०७८ साल माघ ६ गते बसेको बैठकबाट हाल त्रिविद्वारा संचालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सुचनामा भनिएको छ ।
सूचना
Facebook Notice for EU!
You need to login to view and post FB Comments!