काठमाडौं, ६ माघ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारप्रति कडा व्यंग्य गरेका छन् । वर्तमान गठबन्धन सरकारलाई उनले जालभलेलीको संज्ञा दिएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटास लेख्दै यो सरकार पूर्वतिर देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने स्वभावको भएको भन्दै कडा व्यंग्य गरेका हुन्।
कम्फर्टेवल पार्टनरवाला सरकार भन्दै उनले तत्काल निर्वाचन मिति तय गर्नसमेत आग्रह गरेका छन् । चुनावको मिति तोकिए एमालेले स्वागत गर्ने र चुनावमा गठबन्धनसँग लड्न एमाले तयार रहेको पनि बताएका छन् ।
बास्कोटाको स्टाटस
फेरि भन्छु – पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस। हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।