ज्योति लाइफका शेयर धनीहरु मालामाल बन्ने पक्का, प्रस्तावितभन्दा दोब्बर लाभांश दिँदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । यसअघि कम्पनीले प्रस्तावका रुपमा ५ प्रतिशत बोनस शेयर र ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत बोनसको दिने प्रस्ताव गरेको थियो । तर बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएको थियो ।

सो सँगै अब ज्योति लाईफ इन्स्योरेन्सले प्रस्तावित बोनसभन्दा दोब्बर बोनस सेयर दिने भएको छ । परिमार्जित लाभांशमा अब ज्योतिलाईफ इन्स्योसेन्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यो आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीबाट बोनस दिने भएको हो । परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।