काठमाडौं, १२ माघ । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् ।
बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा उनले एमाले एक्लैले प्रतिस्पर्धा गरेको चुनावमा सफलता प्राप्त गरेका हुन् । प्रदेश १ सहित सातै प्रदेशमा एमालेबिरुद्ध पाँच दलको गठबन्धन थियो ।
अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका । ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरेका छन् । राईले ४ हजार ३ सय ८६ मतभार प्राप्त गरेका छन् । उनी जसपाका तर्फबाट उम्मेदवार उनलाई गठबन्धनका सबै मतदातादे मत दिएका थिएनन् ।
उनी विजयी भएपछि एमाले नेता शेरबहादुर तामाङले पनि बधाइ दिएका छन् ।