गोकुल बास्कोटाकै वडाका एमाले सचिवसहित ५० कार्यकता नेकपा एसमा

काठमाडौं । काभ्रेको एकै वडाबाट ५० जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरु बुधबार नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले सचिव गोकुल बास्कोटा सहित ५० जना रहेका छन् ।