मत परिणामपछि प्रचण्डको पेजमा राखिएको पोष्ट ३ मिनेटमै डिलिट, के थियो स्टाटसमा ?

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेशबुक पेजमा पोष्ट भएको बधाइ तथा धन्यवाद पोष्ट केही छिनमै डिलिट गरिएको छ । ८ बजेर ४५ मिनेटमा लेखिएको उक्त स्टाटस ८ बजेर ४८ मिनेट जाँदा डिलिट गरिएको हो ।

बुधबार राष्ट्रियसभाको निर्वाचनको मतपरिणाम आएपश्चात अध्यक्ष प्रचण्डले निर्वाचित सांसद तथा मतदाताहलाई बधाइ दिइएको स्टाटस डिलिट गरिएको हो ।

उहाँको पेजबाट राष्ट्रिय सभामा निर्वाचित सम्पूर्ण सांसद बधाई गठबन्धन दलका सबै मतदाताहरु, जनप्रतिनिधिहरु, नेता कार्यकर्ता र सुभेच्छुकहरुमा हार्दिक बधाइ तथा धन्यवाद लेखिएको थियो । तर उक्त पोष्ट पोष्ट भएको ३ मिनेटमै डिलिट गरिएको थियो ।

उहाँको पोष्टसँगै निर्वाचन आयोगले प्रकाशन गरेको राष्ट्रियसभामा निर्वाचित सम्पूर्ण सांसदहरुको विवरण पनि राखिएको थियो ।