कुम्मायकमा गुडिया बनाउने तालिम उद्द्घाटन

पाँचथर, १३ माघ । पाँचथर जिल्ला कुम्मायक गाउँपालिकामा गुडिया बनाउने तालिम उद्द्घाटन भएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्यमा कुम्मायक गाउपालिकाको केन्द्र यसोकमा तालिम संचालन भइरहेको हो ।

कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमि युनेस्को संघको आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि गुडिया बनाउने तालिम सन्चालन गरेको हो । अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि सीप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत १० दिने गुडिया बनाउने तालिम संचालन हुनेछ ।

यही माघ १२ गते देखि सुरु भएर माघ २१ गते सम्पन्न हुने संस्थाका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिनुभयो । बुधबार अध्यक्ष भण्डारीले उक्त तालिमको उद्घाटनसमेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अत्तिथि कुम्मायक गाउपालिका प्रमुख प्रसासनिक अधिकृत गणेश अधिकारि, बिशिस्ट अतिथि करुणा फाउण्देसनका सौरभ ताम्राकार र बिसेस अथिति कुम्मायक गाउपालिका स्वास्थ साखा प्रमुख एबम करुणा फाउण्डेसनका फोकल पर्सन केदार खड्का रहनुभएको थिायो ।

त्यस्तै कार्यक्रमको सन्चालन सस्थाका सचिव पुरन मगरले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अथितिहरुले अपाङ्गता भएका व्याक्ति वा उनिहरुको परिवारका सद्स्यहरुले सिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने प्रस्ट पार्नुभएको थियो । साथै सहभागीहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र व्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।

उक्त तालिममा कुम्मायक गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १५ सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक मनिसा अगुवाले गर्नुभएको छ ।

साथै अन्य अपाङगता भएका व्याक्ति वा परिवारका सदस्यहरुलाइ मुढा बन्ने र सिलाइ कटाइको तालिम प्रदान गरिने जानकारि समेत प्राप्त भएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!