एमाले बाग्मती कमिटी सदस्य तथा ललितपुर उपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश

काठमाडौं, १३ माघ । नेकपा एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवालले पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनलाई नेकपा एसले बिहीबार बिहान केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । एमाले बाग्मति प्रदेश कमिटी सदस्य समेत रहेका उनी ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

उनी साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।