सिरिजङ्गा लिपि समायोजन विवाद सम्बन्धमा अन्तरक्रिया हुँदै

काठमाडौं, १५ माघ । सिरिजङ्गा लिपि समायोजन विवाद सम्बन्धमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ग्लोबल नेटवर्क यूएसएको आयोजनामा सिरिजङ्गा लिपिका विज्ञ तथा भाषाविद्हरुबीच समायोजन विवाद सम्बन्धमा जुममार्फत अन्तक्रिया हुने भएको हो ।

अन्तक्रिया यही जनवारीको ३० तारिख (बिहन ८ बजेर १५ मिनेट) अर्थात् नेपाली समय अनुसार माघ १६ गते बेलुकी ७ बजेबाट अन्तक्रिया हुनेछ ।

कार्यक्रममा प्राज्ञ हरिचन्द्र लावती, भाषाविद दिलेन्द्र कुरुम्बाङ र प्राध्यापक बालकृष्ण माबोहाङ लगायत वक्ताहरुबीच अन्तक्रिया हुने भएको छ । पछिल्लो समय सिरिजङ्गा लिपि समायोजनका सम्बन्धमा विवाद छ । भाषाविद तथा सिरिजङ्गा लिपि ज्ञाताहरुबीच विवाद छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!