बैशखमै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा प्रधानमन्त्री देउवा

काठमाडौं १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा बैशाखमै स्थानीय तहको निर्वाचन गर्ने मनस्थितीमा पुगेका छन् ।

यसअघि प्रधाामन्त्री देउवाले सत्तारुढ पाँच दलसामू संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सहमत थिए, अर्थात स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन गर्ने बताएका थिए । तर आजको आजको गठबन्धन बैठकमा उनले तत्कालै बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवालाई निर्वाचन आयोग र राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत बैशाखमै निर्वाचन गर्न दवाव दिएको बताइएको छ ।

यसअघि नेताहरुका अनुसार तीनै तह (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा)को निर्वाचन फागुन २०७९ मा गर्ने लगभग सहमति जुटेको बताइदै आएको थियो ।