काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावसँग नआत्तिएको तर्क गरेका छन् । काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै आफूहरु चुनावसँग नडराएको बताए ।
‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं,’ उनले भने, ‘हामी आत्तिएका छैनौँ।’
उनले गठबन्धनले चुनाव गर्ने भनेर जहिल्यौ निर्णय गर्छ त्यही बेला चुनावको सामना गर्न तयार रहेको बताए । चुनावबारे आफूहरुप्रति गरिएको शंकाहरु गल भएको अध्यक्ष नेपलले बताए ।