काठमाडौं, १६ माघ । लामो समयदेखि साधारण शेयर (आइपीओ) निस्कासन नभएको धेरै भयो । नेपाल तोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको थियो । तर हाल बोर्डको संचालक समितिको निर्णय अनुसार आइपीओ खुल्ने तयारीमा छ ।
यसै शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन हुँदै छ । लामो समय आइपीओ भर्न नपाएका साना लगानीका सेयर कारोबारीहरु खुसी भएका छन् । उक्त संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि २५ माघसम्म आवदन दिन पाइनेछ ।
२ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका छन् । सबै हिसाब गर्दा करिब ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका हुनेछन् । उक्त सबै कम्पनीहरुले अब क्रमशः आईपीओ निष्काशनका लागि अनुमति पाउने बताइएको छ ।