माओवादीबाट जित्ने वडा अध्यक्ष एमालेमा, इलामको स्थानीय नेतृत्वमा माओवादी शुन्य

इलाम, १८ माघ । इलाम माओवादीको साख जोगाउने एक मात्रै नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका थिए ।

उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष थिए । तर अब इलामको कुनैपति तहमा माओवादीको नेतृत्व शुन्य भएको छ । स्थानीय तहको निर्वाचनमा इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।

नेता राईलाई एक कार्यक्रमकाबीच सोमबार एमाले इलामका नेताहरुले स्वागत गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!