काठमाडौं, २२ माघ । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूको युगल गीत ‘नोगेन’ सोमबार (भोलि) सार्वजनिक हुने भएको छ । आफ्नै कोच प्रमोद खरेलसँग रेकर्ड गरिएको रुक्सानाको पहिलो गीत सरस्वती पूजाको अवसर पारेर सोमबार दिउसो ३ बजे सार्वजनिक गरिने फेसबुकमार्फत जानकारी गराइएको छ ।
‘द भ्वइस अफ किड्स’मार्फत उदाएकी रुक्साना र उनकै कोच प्रमोद खरेलसँगको युगल गीत सुन्न र दर्शकहरु आतुर छन् ।
विशेषगरी लिम्बू भाषा ‘नोगेन’ टाइटलको गीत गुरु र चेलाबिचको सुमुधुरतालाई प्रस्तुत गर्ने प्रयास भएको स्वयम गायक खरेलले नै बताएका छन् । गीतको शब्द रचनाकार तथा संगीत चर्चित संगीतकार महेश खड्काको रहेको छ ।
कोच प्रमोद र संगीतकार खड्काको अवधारणामा गीत तथा गीतको भिडियो तयार गरिएको हो । विशेषगरी लिम्बू भाषाको ‘नोगेन’ शब्दको अर्थ धन्यवाद हो ।
यस गीत मार्फत रुक्सानाले कोच प्रमोदलाई धन्यवाद दिएको अर्थ छ भने प्रमोदले पनि रुक्सानाप्रतिको स्नेह र भविष्यको निर्देशको प्रतिकको रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा पनि प्रमोद र रुक्सानाकै फिचरिङ रहेको छ ।
भ्वइसमा उत्कृष्ट प्रस्तुती दिँदै स्रोता दर्शकमाझ लोकप्रिय बनेकी छन् ।
यस्तो छ गीतको अंश
‘ए बतास, मेरो मन भयो हतास । जीवन सजिलो कहाँ छ र ? बाधाहरु झेल्नु पर्छ । असम्भव त के नै छ र ? लड्दै उठ्दै हिड्नुपर्छ । के हुने होला कहाँ पुग्ने होला । स्वरको बाटो शिखर भीरको बाटो खोली
शिखर चड्नु अघि बन्नु आज भन्दा भोलि मेरो सास बन्यौँ…… मेरो सास बन्यौ नोगेन’