पाँचथर : कुम्मायकमा मुडा बुन्ने र २ महिने सिलाइकटाई तालिम आरम्भ

यासोक, २३ माघ । पाँचथर जिल्ला कुम्मायक गाउँपालिकाको दुई वटा वडामा सीपमूलक तालिम दिने कार्यक्रमहरुको उद्घाटन भएको छ ।

कुम्मायकको वडा नम्बर १ मा १५ दिनको मुढा बन्ने र वडा ५ मा २ महिने सिलाई कटाइ तालिम उद्द्घाटन भएको हो ।

सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्यका साथै कुम्मायक गाउँपालिकाको सहयोग र पन्चमि युनेस्को संघ को आयोजनामा उक्त कार्यक्रमको आरम्भ भएको हो ।

अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास र ब्याबसायिक तालिम अन्तर्गत १५ दिने मुढा बनाउने तालिम भइरहेको हो ।

उक्त तालिम फाल्गुन ४ गते सकिने छ । त्यस्तै उता दुई महिने कटिङ तालिम बिहीबारबाटै सुरु भएको हो । सो तालिम भने चैत्र २० गते सम्पन्न हुनेछ ।

तालिमको उद्द्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो । त्यस्तै उद्घाटन कार्यक्रममा प्रमुख अथितीका रुपमा कुम्मायक गाउपालिका प्रमुख प्रसासनिक अधिकृत गणेश अधिकारी रहनु भएको थियो ।

त्यस्तैगरी बिशिस्ट अतिथिका रुपमा करुणा फाउण्डेसन नेपाल पाँचथरका संयोजक केदार भण्डारी, विषेश अथितिका रुपमा करुणा फाउण्डेसन नेपाल प्रदेश नम्बर १ का वरिष्ठ कार्यक्रम अधिकृत इस्वर तिम्सिना र वरिष्ठ लेखा अधिकृत सुस्मा श्रेष्ठ डीपीओ अध्यक्ष लैन बहादुर तामाङ कुम्मायक गाउपालिका स्वास्थ साखा प्रमुख एवं करुणा फाउण्डेसनका फोकल पर्सन केदार खड्का रहनु भएको थियो ।

उद्घाटन कार्यक्रम सस्थाका सचिव पुरण मगरले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अथितिहरुले अपाङ्गता भएका व्याक्ति र उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने बताउनु भएको थियो ।

साथै सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र व्यबसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाँकि नराख्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

उक्त तालिममा कुम्मायक गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका २५ सदस्यहरुले तालिममा सहभागी हुनुभएको छ ।

उक्त तालिमको प्रशिक्षण विमला राई र ललित मुखियाले गरिरहनु भएको छ । साथै अन्य अपाङ्गता भएका व्याक्ति वा परिवारका सदस्यहरुलाई पुन: १५ दिने मुडा बन्ने तालिम प्रदान गरिने छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!