काठमाडौं\कालिम्पोङ (भारत), २३ माघ । केही दिनयता नेपालमा पानी परिरहेको छ । जाडो महिनामा पानी परेसँगै उच्च डाँडा र हिमाली भेगमा उल्लेखनीय हिउँ परेको छ । साथै हिउँ परेका कारण काठमाडौं उपत्यकासहित नेपालभरी जाडो त बढेको छ । यसका साथै भारत, चीन र भूटानको सीमावर्ती क्षेत्रमासमेत जाडो उत्तिकै बढेको छ ।
भारतको साविक दार्जिलिङ हाल कालिम्पोङको जलढाकाबाट यसको दृष्य प्रत्यक्ष देख्न सकिन्छ । सामान्य अवस्थामा हिउँ नपर्ने भारत, चीन र भूटानको सीमावर्ती डाँडा (तीन सिमाना) यतिबेला बाक्लो हिउँ परेको छ ।
अझ भनौँ यतिबेला तीन सिमाना हिउँले पूरै ढाकिएको छ । जुन डोक्लामको नजिकैको स्थान हो । यतिबेला कालिम्पोङ जलढाकाबाट तीन सिमानामा हिउँले भरीभराउ भएको दृष्य देख्न सकिन्छ । जो मनमोहक र रमणीय रहेको छ ।
तस्बीर : रुपचन्द क्षेत्री \जलढाका ,भारत
Facebook Notice for EU!
You need to login to view and post FB Comments!