मेरो कुराको सुनुवाइ नहुने भएपछि राप्रपा त्याग्न बाध्य भएँ : कमल थापा

हेटौडा, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।

“अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” – उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

– रासस